साथी सहकारीको साधारण सभा सम्पन्न, जयन्द बने नयाँ अध्यक्ष

धनकुटा । धनकुटामा रहेको साथी बचत तथा ऋण सहकारी संस्थाको धनकुटाको  १० औं बार्षिक साधारण सभाको सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्य समिति पनि गठन गरेको छ । 

जसमा जयन्द्र प्रधान अध्यक्ष, उपाध्यक्ष रोशेष श्रेष्ठ ,सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सहसचिव असिम शाक्य रहेका छन् । सो सभाले सावित्री देवी श्रेष्ठ ,टेकबहादुर डंगोल, कुमार श्रेष्ठ, कुशुम श्रेष्ठ जोशी र सुजाता श्रेष्ठलाई चयन गरेको छ । 

निर्वाचिन समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठका अनुसार लेखा समितिको संयोजकमा शैलेशमान श्रेष्ठ र सदस्यहरुमा रोशन श्रेष्ठ र विन्दु प्रधान ताम्राकारलाई चयन भएका छन् । 

सो साधारण सभामा उत्कृष्ठ बचत कर्ताको रुपमा नारायणप्रसाद घिमिरे र उत्कृष्ठ ऋणीको रुपमा शंकर चौधरीलाई पुरस्कृत गरिएको थियो । सो सहकारीले अहिले ३ करोड ५० लाख भन्दा बढीको आथिृका कारोवार गरिरहेको छ भने दैनिक २ लाख भन्दा बढी रकम संकलन गरी बचत गरिरहेको छ ।

शनिबार सम्पन्न सो सभाको १ नम्वर प्रदेशका सांसद लिला सुब्बाले उद्घाटन गरेकी थिइन् भने उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ, राष्ट्रिय सहकारी विकास बैकका प्रवन्धक सिद्धीकुमार श्रेष्ठ, निगाले सिमेन्टका प्रवन्ध निर्देशक दिनेश पौडेल, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले शुभकामना दिँदै साना उद्यमी व्यावसायीहरुको लागि सहकारी अभिन्न साथीको रुपमा रहेकोले सुन्दर र समृद्ध समाज निर्माण गर्न सहकारी अभियान महन्वपूर्ण भएको बताए । 

तत्कालिन अध्यक्ष शैलेसमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभा तत्कालिन लेखा समितिका संयोजक दिनेश राईले लेखा समितिको, सचिव विजय सन्तोषी राईले संस्थाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष रोशेष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...