डा. विष्णुमायालाई ग्लोबल युथ लिडरसीप अवार्ड प्रदान

काठमाडौँ । सामाजिक अभियान्ता डा. विष्णुमाया परियारलाई ‘ग्लोबल युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदर गर्दै ग्लोबल थुथ पार्लिमेन्टले ‘ग्लोबल युथ लिडरसीप समिट–२०१९’ प्रदान गरेको हो । 

उनीसहित बङ्गलादेश, भारत लगायतका विभिन्न देशका ४३ जना युवा नेतृत्वकर्तालाई अवार्ड प्रदान गरिएको थियो । उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले सो पुरस्कार प्रदान गरे । 

अमेरिकाको लुईस भिल्ले स्टेटमा सामाजिक अभियान्ता डा. परियारले यसअघि हावर्ड विश्वविद्यालय प्रदान गर्ने ‘ब्रिज विल्डर अवार्ड’ र डा. ‘अम्बेड्कर ग्लोबल चेन्ज मेकर अवार्ड’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छन् । 

सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोटगाउँको दलित बस्तीमा जन्मिएकी डा. परियारलाई अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डाक्टरको उपाधि प्रदान गरेको छ । विष्णुमाया अहिले जर्सी सिटीका मेयर स्टेप अप फ्लोपका सल्लाहकार हुन् । उनले सामाजिक क्षेत्रमा पु¥याएको योगदान स्वरुप अहिले अमेरिकाको लुईस भिल्ले स्टेटमा विष्णुमायाको  नाममा ‘विष्णुमाया डे’ मनाइदै आएको छ । 



प्रतिकृया दिनुहोस