सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भवः डा.भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्रयाउने काम निजी क्षेत्रले नै गर्नुपर्ने भन्दै त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईले बताए ।

संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह समेत गरे । 

प्रतिकृया दिनुहोस