जिउँदै शरीरमा आगो लगाइएकी कञ्चनको उपचारका क्रममा मृत्यु

सासु सुर्जीदेवी मण्डल प्रहरी नियन्त्रणमा

काठमाडौँ । अनुहारसहित शरीरको अधिकांश भाग जलेर सिकिस्त भएकी सिरहा कल्याणपुर ८ की २० वर्षीया  कञ्चन मण्डल खत्बेको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिका ८ को मण्डल टोलमा आफ्नै घरको आँगनमा मा जलिरहेको अवस्थामा भेटिएकी कञ्चन मण्डलको शुक्रबार मृत्यु भएको हो  ।

मण्डलको उपचारको क्रममा काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा  शुक्रबार ५ बजर २० मिनेटतिर मृत्यु भएको हो । बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी उनको शरीरको करिब ७५ प्रतिशत भाग जलेको थियो ।

थप उपचारको लागि काठमाडौं ल्याएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । कञ्चनको मृत्यु भएलगत्तै उनकी सासु सुर्जीदेवी मण्डललाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ ।   कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन् । उनको सासु र श्रीमानसँग राम्रो सम्बन्ध नरहेको पनि स्थानीयवासीको भनाई छ । 

प्रतिकृया दिनुहोस