एक सातामा प्रदेशको नाम र राजधानी टुंगो लाग्छः सभामुख भण्डारी

धरान   प्रदेश–१ का सभामुख प्रदिपकुमार भण्डारीले सात दिनमा प्रदेशको नाम र राजधानीको टुंगो लाग्ने बताएका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१९ नम्बर वडालाई बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । 

भण्डारीले प्रदेश राजधानीको नाम राजधानी घोषणा गर्नका लागि आइतबार संसद बैठकमा प्रस्तावको मिति तोक्ने जानकारी दिएका छन् । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्ने विषयमा ढिलाइ भइरहेको बताउदै उनले हप्तादिन भित्रमा नामांकरण र स्थायी राजधानी तोक्ने जानकारी दिए ।

उनले प्रदेश नम्बर १ को नाम र राजधानी सहमतिमा टुङग्याउने र सहमति गर्न नसकिए हप्ता दिनभित्रै मतदान गरी बहुमतका आधारमा भएपनि नाम र राजधानीको विषयमा टुंगो लगाइने स्पष्ट पारेका छन् । 


प्रतिकृया दिनुहोस