विप्लवसमुहका सेती ब्यूरो सदस्य डबल शाह पक्राउ

कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती ब्यूरो सदस्य तथा कार्यालय सचिव डबल शाह धनगढीमा पक्राउ परेका छन् ।

 पूर्व सभासद्समेत रहेका शाह धनगढीस्थित आफ्नै डेराबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कैलालीका डिएसपी दक्ष कुमार बस्नेतले दिएको जानकारी अनुसार शुक्रबार बिहान करिव साढे ६ बजे उनलाई धनगढी उपमहानगरपालिका ५ हसनपुरबाट पक्राउ गरिएको हो ।



प्रतिकृया दिनुहोस