के तपाई बालबच्चालाई मोवाइलको लत लागेर तनावमा हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस

काठमाडौं ।  आजभोलिको जवान भनेको स्मार्ट फोनको जवाना हो ।  प्रविधीको विकाश सँगै केही सकारात्मक असर हुन्छ भने केही नकरात्मक असरहरु हुन्छन् । जस्तै मोवाईलको विकास हुनु भनेको एउटा सुविधा थपिनुहो हो भने अर्को तर्फ त्यसले गर्ने नकरात्म असरहरु पनि थपिनु हो ।

जस्तै मोवाईल सँग बालबच्चा सम्बन्धको कुरा गर्नु पर्दा आजभोलिका बच्चाहरुमा मोवाईलको यती धेरै लत बसी सकेको छ कि उनीहरु मोवाईबिना १ मिनेट पनी बस्न सक्दैनन् । तर ती लत बसाउने भनेकै आमाबुवा हुन् । उनीहरु एकछिन बच्चालाई फाकाउन वा भुलाउन मोवाईल हातमा लगाई दिन्छन् तर बिस्तारै–बिस्तारै त्यो बच्चाहरूमा लत बस्दै जान्छन् ।  यती सम्म लत बस्छ  की उनीहरुको हातबाट एकछिन मोवाईल खोस्यो वा चलाउन दिएन भने रोएर, लडीबरी गरेर जात्रा नै गर्छन् ।

तर यसरी मोवाईलमा बच्चा झुण्डी रहँदा उनीहरुको स्वास्थ्यलाई नकरात्मक असर पार्नुको साथै पढाईमा पनी असर गरी रहेको हुन्छ । सानो मान्छे होस् वा ठूलो मान्छे जतिबेला पनी मोवाईलमा झुण्डीरहनाले उनीहरुमा बिभिन्न रोगहरु लाग्न सक्छ जस्तै आँखा सम्बन्धी, घाँटी सम्बन्धी, ढाड सम्बन्धी बिभिन्न रोगहरु लाग्न सक्छ । यदी आफ्नो बालबच्चालाई मोवाईलको लत देखी टाढा राख्नु चाहनु हुन्छ भने यी उपायहरु अपनाउनुहोस् ।

– बालबच्चालाई भुलाउने वा फकाउने नाममा जथाभावी भिडियो हेर्न दिनुहुँदैन । त्यसो गर्दा उनीहरूमा सधैँ त्यही दोर्होयाएर हेर्ने बानी बस्न सक्छ ।

– बालबालिकाका हरेक क्रियाकलापमा अभिभावकले सधैँ निगरानी राख्नुपर्छ ।

– खाना खाँदा, पढ्दा वा सुत्ने वेलामा मोवाइलबाट टाढा राख्नुपर्छ ।

– बच्चाहरू  मोवाइप्रति छिटै आकर्षित हुने भएकाले लुकीछिपी चलाउन खोज्छन् । तसर्थ, अत्यावश्यक नै भए बच्चाको ध्यान एकोहोरो केन्द्रित नहुने गरी चलाउन सकिन्छ ।

– अभिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि  मोवाइलमा व्यस्त रहने गर्नुहुँदैन ।

– बच्चाहरू घरमै बस्दा टिभी, कम्प्युटर र मोबाइलसँग नजिक हुने गर्छन् । यसको सट्टा सुरक्षित स्थानमा साथीहरूसँग खेल्ने वातावरण मिलाउन आवश्यक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...