मटन बिरयानी घरमै कसरी बनाउने ? जानीराख्नुस यस्तो छ तरिका

काठमाडौं । मासु जति धेरै ल्याएपनि सही तरिकाले पकाउन जानिएन भने हाम्रो खर्च ब्यर्थ हुन जान्छ। आज हामीले भने मटन बिरयानी परिकारलाई कसरी बनाउने भनेर सिकाउँदैछौ।

आवश्यक सामग्री :

मटनः १ केजी

प्याजः ५ सय ग्राम

लसुनस् ४५ ग्राम

अदुवाः ४५ ग्राम

तेजपत्ताः केहि मात्रा मात्रै

गरम मसलाः २० ग्राम

केशरः २५ एमएल

घिउँः ५० ग्राम

नुनः स्वाद अनुसार

मटन बिरयानी कसरी बनाउने तपाई आफ्नो आवश्यकता अनुसार मासुको परिमाण घटबढ गर्न सक्नुहुन्छ। सबै भन्दा पहिले भाडामा करीब ५० ग्राम घिउ तताउने।


घिउ तातेपछि प्याज हाल्ने र त्यसलाई रातो हुनेगरी फ्राई गर्ने। प्याज फ्राई भइसकेपछि त्यहाँ मासु हाल्ने। त्यसपछि गरम मसला, अदुवा र लसुन, राखेर केहिबेर पकाउनु पर्दछ।


त्यस लगत्तै ७ देखि ८ गिलास पानी राखेर छोप्ने। मासु राम्रोसँग पाकेपछि झोल र पिसलाई छुट्याउने। त्यसमा अब करीब ३ गिलास झोल बाँकी रहन्छ।


मटन बिरयानीको लागि भात पनि आवश्यकता पर्दछ। त्यसैले चामललाई नुन राखी उसिन्ने। भात राम्रोसँग पाकेपछि त्यसमा रहेकोे पानी हटाएर सुख्खा बनाउनु पर्छ।


अब अन्त्यमा अघि पाकेको मासु र भातलाई मिसाउने। त्यसमा ‘रोज वाटर’ अर्थात गुलाब जल पनि राख्ने। भात माथि धनिया र स्याफ्रोनको पात पनि राख्ने र राम्रोसँग मोल्ने। सबै राम्रोसँग मिक्स भएपछि फेरी केहिबेर पकाउने। यति गरेपछि तपाईको मटन बिरयानी तयार भयो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...