बाढीले बगाउँदा रामेछापमा एक बालको मृत्यु

रामेछाप । रामेछापमा बाढीले बगाउँदा एक जना बालको ज्यान गएको छ । दोरम्बा गाउँपालिका–३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर मंगलबार  ११ वर्षीय अनिष श्रेष्ठको मृत्यु भएको हो । स्थानीय भीमसेन खोलामा तर्ने क्रममा अचानक आएको बाढीले उनलाई बगाएको थियो ।

उनीसँगै रहेका हजुरबुबा भीमसेनलाई पनि बगाएको थियो । हजुरबुवा भने करिब ५० मिटर तल पुगेर निस्किएका थिए । अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र भएको विद्यालयका शिक्षक तेज नगरकोटीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...