छथर जोराटीमा क्यान्सर रोग परिक्षण शिविरमा ३५० महिलाको भयो प्याप स्मेयर परिक्षण

धनकुटा । नेपाल अर्बुद रोग निवारण संस्थाले धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकामा बृहत क्यान्सर रोग परिक्षण शिविर सम्पन्न गरेको छ ।

गाउँपालिकाको सहयोगमा गाउँपालिकाको सहयोगमा परेवादिन स्वास्थ्य चौकीमा गरिएको सो शिविरमा ३ सय ५० जना महिलाहरुको प्याप स्मेयर परिक्षण गरिएको छ । जसमध्ये २० जना महिलाहरुमा रिङ प्रेसरी राखिएको थियो । 

सो शिविरमा झण्डै २ सय जना पुरुषको सामान्य क्यान्सर रोग परिक्षण गरिएको थियो । साथै सगरमाथा बोर्डिङ र सरस्वती माविमा २ सय जना विद्यार्थीलाई सामान्य क्यान्सर, स्तन क्यान्सर र सुर्तीजन्य पदार्थबारे सचेतना कार्यक्रमको आयोजना गरिएको थियो ।

सो शिविरमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह, स्त्री रोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठ र डा. मुना कार्कीलगायत १८ जनाको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । 

यसअघि सो शिविरको नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर)ले शुभारम्भ गरेका थिए । उदघाटन कार्यक्रममा श्रेष्ठले जताततै कृषिमा विषादी प्रयोगले दिनानुदिन क्यान्सर बढी रहेको बताए । 

उनले अत्याधिक मात्रामा तयारी खाद्य पदार्थको प्रयोगले झन् क्यान्सर रोग बढ्दै गएको बताए । उनले क्यान्सरबाट बच्न यसको प्रयोग नगर्न र नगराउन आग्रह गरे । उनले महिलाहरुले पाठेघरको मुखको परीक्षण गर्ने वानी बसाले कुनै समस्या नल्याउने बताए । 

छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुको अध्यक्षतामा भएको सोशिविरको उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद अर्याल, स्वास्थ्य शाखा सह–संयोजक दिनप्रसाद दुलाल लगायतले शिविरले छथर जोरपाटीका महिला र पुरुषले सेवा पाएकोमा खुसी व्यक्त गरे ।

 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...