थकाई लाग्यो ? यसरी मेटाउन सकिन्छ शरिरमा लागेको थकाई

काठमाडौं । बसन्त ऋतुसँगै अब गर्मी मौसम सुरु भएको छ । गर्मीका कारण मानिसहरुम आलस्य, नैरास्यत, शरीर भारी हुने हुन्छ । त्यो स्वभावि प्रक्रिया पनि हो ।

गर्मीको समयमा मानिसलाई गर्मीको समयमा मानिसलाई थकान र आलस्य महसुस हुनु सामान्य हो । शरीरमा पर्याप्त मात्रामा ऊर्जा नहुँदा  कहिले काही मानसिक विचलन हुन सक्छ । यस्ता समस्या आउन सक्छन् ।

निरन्तर रुपमा काम गर्दा, हिँड्दा, लामो समयसम्म अध्ययनमा संलग्न हुँदा, अनिँदो हुँदा  खानपिनमा समेत ध्यान नदिदा मानिसलाई थकाइ लाग्छ। थकानबाट कसरी मुक्ति पाउने त ?

हामीमध्ये धेरै राति अबेरसम्म मोबाइल चलाइरहन्छौं । यसले हाम्रो सुत्ने तालिका बिग्रिसकेको छ । दिनभरको स्फुर्तिका लागि पर्याप्त सुत्नुपर्छ ।

दैनिक सात घन्टा वा कम सुतेमा रोग प्रतिरोधक शक्ति क्षमतामा ह्रास आउँछ र यसले मधुमेह र मुटुको समस्या आउन सक्छ। यसका साथै नौ घन्टाभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक छ ।  वयस्क व्यक्ति सातदेखि आठ घन्टा सत्नुपर्छ । प्रोटिनको अत्यधिक सेवन गर्नुपर्छ ।

ब्रेकफास्टमा मफिन, ‘डुनट, बिस्कुट, पाउरोटीजस्ता खानेकुरा खान्छौं । यस्ता खानाले केही समयका लागि मात्र आड दिन्छ । ब्रेकफास्टमा अण्डा, टोस्ट, दही र फलफुल, स्याउ, चिजजस्ता खाना खाएमा पर्याप्त प्रोटिन पाइन्छ ।

शरिरको लागि धेरै पानी पिउनुपर्छ । पानीले शरीरमा स्फुर्ति र थकान मेटाउनको साथै धेरै रोग पानीको कारणले लाग्ने भएकोले पानी प्रशस्तै पिउनु पर्छ । दिनमा ७ देखि ८ लिटरसम्म पानी पिउनुपर्ने चिकित्सको सल्लाह छ। आलस्य हटाउने अर्को उपाय नुहाउनु पनि हो। नुहाउन नसकेमा मुख र हातखुट्टा धुनुपर्छ ।

दिक्दार र आलस्य हटाउने एउटा उपाय कमेडी फिल्म हेर्नु पनि हो । कमिकल किताब पढ्न्पर्छ । त्यस्तै साथीहरूसँग रमाइलो गर्नु अर्को उपाय हुन सक्छ ।

आफूलाई मन पर्ने क्रियाकलाप गर्नुपर्छ। जस्तै स् कसैलाई खान मनपर्छ, कसैलाई नाच्न वा धुन सुन्न । जुन कुराले आफूलाई खुसी दिन्छ त्यसमा केन्द्रित भएमा आलस्य कम हुन्छ ।

तनाव, नकारात्मक सोचाइ र डिप्रेसनले हाम्रो ऊर्जा घटाउँछ। सकारात्मक कुरा सोच्नुपर्छ । आफूलाई मन लागेको कुरामा एकचित्त भई लाग्नुपर्छ । यसले शरीरमा ऊर्जा थप्छ। आध्यात्मिक चिन्तनले त थकाउन घटाउन ठूलो सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस