संघीय संसदको बजेट अधिवेशन १६ गतेदेखि सुरु हुने

एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था

काठमाडौँ । संघीय संसदको बजेट अर्थात् वर्षे अधिवेशन वैशाख १६ गतेदेखि सुरु हुने भएको छ । संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति  विद्यादेवि भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गर्न लागेको संघीय संसद सचिवालयले जनायो । अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।

संसद सचिवालयले दिएको जानकारी अनुसार वैशाख १६ गते अधिवेशन बोलाउने आह्वान हुने जानकारी पाए पनि औपचारिक शुक्रबारसम्म आएको छैन । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘वैशाख १६ गते अविधेशन आह्वान हुने जानकारी पाएका छौं । तर औपचारिक रुपमा पत्र आइपुगेको छैन । हामी तयारी अवस्थामा छौं ।’

जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्री बजेट पेश गर्नुपर्ने भएकाले प्रिबजेट छलफलका लागि एक महिना अघि अधिवेशन बोलाउन लागिएको हो ।बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे पर्याप्त छलफल गर्ने परम्परा छ । बजेट अधिवेशन भए पनि आउँदो अधिवेशनमा विधेयक पनि पारित गरिने कानुन मन्त्रालयले जनाएको छ ।

संसदमा विभिन्न चरणमा पुगेका र दर्ता हुने क्रममा रहेका विधेयकलाई अघि बढाइने कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जानकारी दिए । संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...