विभिन्न कम्पनीका साधारण शेयर बिक्री हुँदै

काठमाडौं । साधारण शेयर बिक्री गर्नेक्रम पछिल्ला दिनमा  बढिरहेको छ। रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले शुक्रबारदेखि सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ। 

जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने करीब रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेका हुन्।

यस्तै आइतबारदेखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ। नेपाल एग्रोले चुक्तापूँजीको ३२।५ प्रतिशतले दरले हुन आउने बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो। सो संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत १८ गते साधारण शेयर बिक्रीका लागि स्वीकृति पाएको हो।

यस्तै गणपति माइक्रोफाइनान्सले सोमबार रु तीन करोड ३५ लाख बराबरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ। गणपतिले चुक्ता पूँजीको ३२।३७ प्रतिशत बराबरले हुन आउने साधारण शेयर बिक्री गर्न लागेको हो। बोर्डबाट सो संस्थाले गत चैत ८ गते शेयर बिक्रीका लागि अनुमति पाएको हो।

यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले रु दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। सो संस्थाले गत चैत २६ गते शेयर बिक्रीका लागि स्वीकृति पाएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...