गिठ्ठा भ्याकुर खाएको निहँमा १० जना बिरामी

तनहुँ । व्यास नगरपालिका–१ गल्बुवेंसीमा गिठ्ठा भ्याकुर खाँदा  १० जना बिरामी परेका छन्। 

व्यास–७ दुलेपानीको वनबाट ल्याइएको गिठ्ठा भ्याकुर खाँदा उनीहरु बिरामी परेका हुन्। 

गिठ्ठा भ्याकुर खाएपछि बान्ता हुने, रिँगटा लाग्ने र वाकवाक हुने भएपछि उनीहरुलाई स्थानीयवासीले अस्पताल लगेको स्थानीय चक्रबहादुर अधिकारीले जानकारी दिए।

गल्बुवेंशीका फरकफरक घरका १० जना एकसाथ बसेर गिठ्ठा भ्याकुर खाएका थिए।

अधिकारीका अनुसार गिठ्ठा भनेर जंगलमा हुने सर्पको मकै भनिने बाको ल्याएकाले बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ।

बिरामी हुनेमा ३३ वर्षीया खुशी गुरुङ, ३५ वर्षीया सीता पहाडी, १२ वर्षीया संगीता गोदार, ४० वर्षीया माया राना, गुनुमाया गुरुङ, चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ५२ वर्षीय श्रीबहादुर गुरुङ, ९ वर्षीय सम्पन्न गुरुङ, ३६ वर्षीया माया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरुको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

बिरामीलाई समयमै अस्पताल पुर्‍याइएकाले उनीहरुको अवस्था सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक सिलवालले बताए। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...