क्यान्सरबारे जनचेतना फैलाउन अर्बुद रोग निवारण संस्थाले गर्यो क्यान्सर परीक्षण शिविर

भक्तपुर । भक्तपुरको नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर रोगबारे जनचेतना फैलाउने उदेश्यले वैशाख ६ गतेदेखि क्यान्सर रोग परीक्षण शिविर तथा जनचेतना कार्यक्रमको आयोजना गरेको छ । 

सो शिविर नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘इश्वर’ को नेतृत्वमा भइरहेको छ । पछिल्लो समयमा बिकराल रुप लिइरहेको ‘क्यान्सर रोगको समयमा उपचार गर्न सके निको हुनसक्छ’ भन्ने सन्देश दिन शिविरको आयोजना गरिएको केन्द्रीय अध्यक्ष, श्रेष्ठले जानकारी दिए ।

भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नेपालका विभिन्न स्थानमा सो शिविर सञ्चालन हुन लागेको छ । सिराहा जिल्लाको लहान नगरपालिकामा वैशाख ७ गते, धनकुटा जिल्लाको परेवादिन, सिधुवामा ९ गते, धनकुटा नगरपालिका वडा नम्बर २ मा १० गते, धनकुटा जिल्ला अस्पतालमा ११ गते र सप्तरी जिल्लाको राजविराजमा १३ गते शिविर सञ्चालन हुनेछ ।

उक्त शिविरमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा। प्रभुप्रसाद शाह, गाइनेकोलोजिष्ट डा। उषा बाँडे श्रेष्ठ, मेडिकल अफिसर डा। मुना कार्की र प्राविधिक तथा स्वयम्सेवी सहितको १८ जनाको टोली शिविरमा संलग्न रहनेछन् । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर ९प्याप स्मियर तथा भि.आइ.ए) निःशुल्क परीक्षण गरिनेछ । साथै क्यान्सरको लक्षण देखिएका व्यक्तिहरुलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचारको लागि सिफारिस गरी आवश्यक सहयोग गर्ने केन्द्रीय अध्यक्ष श्रेष्ठले बताए । 

उक्त, संस्थाले विगतका वर्षहरुमा पनि नेपालका विभिन्न जिल्लाहरुमा शिविरको आयोजना गर्दे आइरहेको छ । यस शिविरबाट प्रदेश नं १ र २ मा गरी करिब ५हजार महिलाहरुको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएकोे छ । केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘इश्वर’ सहितको टोली शिविरका लागि तयारी रहेको संस्थाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...