आज चितवनमा लगानी सम्मेलन प्रचन्डद्धारा उद्घाटन

चितवन । प्रदेश ३ मा सरकारको आयोजनामा प्रदेशस्तरीय लगानी सम्मेलन भरतपुरमा शुक्रबार सुरु हुँदैछ।  प्रदेश नीति तथा योजना आयोग सम्मेलनको तयारी पूरा भएको जनाएको छ।

 सम्मेलनमा छलफल गरिने विषय, सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र, सहभागी हुने उद्योगी व्यवसायी, विभिन्न क्षेत्रका विज्ञलगायत सरोकार पक्ष सबैलाई निमन्त्रणा गरिसकिएको योजना आयोगका सदस्य प्राडा रामचन्द्र ढकालले जानकारी दिए। 

भरतपुर हाकिमचोकस्थित होटल स्टार व्याङ्क्वेटमा हुने सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिउँसो २ बजे गर्ने कार्यक्रम छ। 

 विभिन्न क्षेत्रमा लगानीको सम्भावना, लगानीको सुरक्षा, चुनौती, कमी कमजोरी, अवसर तथा सुधार गर्नुपर्ने विषयलगायतका विषयमा उद्योगी व्यवसायीहरूसँग छलफल गरी प्रदेशमा लगानीको वातावरण तयार गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोगका सदस्य श्याम बस्नेतले बताए । 

८ वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा विभिन्न शीर्षकका ८ वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत हुने आयोगका सदस्य ढकालले बताए। कार्यक्रममा प्रदेश सरकारको तर्फबाट प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटाले कार्यपत्र पेस गर्ने छन।

 यस्तै शुक्रबार पहिलो दिन उद्घाटन समारोह पश्चात विषय विषेशज्ञहरूबाट दुईवटा कार्यपत्र पेश हुने र पेश भएका कार्यपत्रमाथि छलफल गरी पृष्टपोषण दिने कार्यतालिका छ। 

 सम्मेलनको दोस्रो तथा अन्तिम दिन पाँच वटा विषय क्षेत्रमा विज्ञहरूले कार्यपत्र पेश गर्ने र त्यसमा छलफल गरी निजी क्षेत्रबाट लगानी सुनिश्चितता गर्ने कार्यक्रम पनि छ।  

 विषेशगरी प्रदेश ३ मा कृषि, पर्यटन र विभिन्न ठूला उद्योगहरुको सम्भावना प्रशस्त रहेकाले यस क्षेत्रप्रति निजी क्षेत्रको आकर्षण रहेको आयोगको अनुमान छ। 

उद्योगी व्यवसायी तथा विज्ञ गरी २४० जना सहभागी हुने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हुने सो सम्मेलनमा पूर्वअर्थमन्त्री डा। रामशरण महत तथा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, सभामुख, उपसभामुख, विभिन्न समितिका सभापति, सांसद, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु तथा वरिष्ठ अर्थविदहरूको पनि उपस्थिति रहने आयोगले जनाएको छ । 

 यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूलगायत विभिन्न जिल्लाका उद्योगी व्यवसायीहरू, निजी क्षेत्रका लगानीकर्तालगायत गरी करिब २४० जनाको उपस्थिति रहने अनुमान रहेको छ। यसमध्ये चितवनबाट मात्रै ७० जना भन्दा बढी उद्योगी व्यवसायी सहभागी हुनेछन्।   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...