के तपाईलाई निन्द्रा समयमा र राम्रोसंग पर्दैन ? त्यसो भए यसो गर्नुस

काठमाडौं । आजभोलि धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ । निद्रा नलाग्दा इनसोमनिया हुन सक्छ ।

इनसोमनिया एक यस्तो बिरामी हो जसमा व्यक्तिलाई निद्रा आउँदैन र पूरै रात ओछ्यानमा यता उता पल्टदै रात कट्न सक्छ । निद्रा पूरा नहुँदा मानिसलाई दिनभर थकानको महसुस हुन्छ । कसैलाई रिंगटा लाग्ने, काममा ध्यान नजाने लगातका समस्या उत्पन्न हुन सक्छ । यदी तपाईलाई पनि निद्रा नलाग्ने समस्या छ भने यी टिप्सहरुलाई अपनाउन सक्नुहुन्छ जसका कारण निद्रा राम्रोसँग लाग्न सक्छ ।

तातो पानीले नुहाउने– थाकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ । सुत्नुभन्दा करिब २ घन्टा पहिला तातोपानीले नुहाउदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ ।

लेवेन्डुलाको तेलको प्रयोग– पुदिना परिवारको एक फूलको नाम लेवेन्डर हो जसको तेलको प्रयोगले राम्रोसँग निद्रा लाग्छ । यस तेलको सट्टा अन्य तेलको प्रयोगले शरीरको थकान कम हुनुको साथै राम्रोसँग निद्रा लाग्छ ।

तातो दूध र मह– प्राचिन कालदेखि नै दुध र महको प्रयोग हुँदै आएको छ । तातो दूधमा मह मिलाएर पानी पिउनाले राम्रो निद्रा लाग्ने गरेको छ । दूधमा अमीनो एसिड ट्रिप्टोफ्यान पाइन्छ जो प्राकृतिक तरिकाले व्यक्तिलाई शान्ति तथा विश्रामको अनुभुति हुने गर्छ ।

हर्बल चिया–रातमा हर्वल चियाको प्रयोग पनि फाइदाजनक हुन्छ जसले गर्दा राम्रोसँग निद्रा लाग्छ ।

सुत्नुअघि नगर्नुहोस् यी गल्ती

सुत्नुभन्दा पहिला रक्सीको सेवन नगर्नुहोस् , रातिको समयमा सधैं सामान्य खालको र कम खाना खानुस्

रातिको खाना सुत्नुभन्दा २ घन्टापहिला खानुपर्छ, सुत्नुअघि मोबाइल चलाउने वा लामोसमय टेलिभिजन हेर्ने लगायतका काम गर्न हुँदैन ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...