शरिरलाई सधैं स्वस्थ र बलियो राख्न यी खानेकुरा खानुस

काठमाडौं । हाम्रो शरिरलाई शक्ति चाहिन्छ।  व्यस्त जीवनशैलीका कारण हाम्रो शरिरमा भएको शक्ति ह्रास भैरहेको हुन्छ।  तसर्थ थप शक्तिका लागि बिशेष खानेकुराहरुको खाँचो पर्छ।  यी ५ खानेकुराले हाम्रो शरिरलाई पर्याप्त शक्ति प्राप्त हुन्छ।

बदाम: बदाममा प्रोटिन, फाइबर र मुटुलाई स्वस्थ राख्ने फ्याटसमेत हुने भएकाले यो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। साथै बदाममा मिनरल्स, भिटामिन, म्यागनिज, कपर, राइबोफ्ल्याभिन र म्याग्नेसियम जस्ता तत्व पनि पाइने हुनाले यसले शरीरलाई चाहिने शक्ति उत्पादन गर्न मद्दत पुर्‍याउँछ।

हरियो भटमास: अहिले भटमासको कोसा पाइने सिजन हो। हरियो कोसामा प्रशस्त मात्रामा प्रोटिन र केही मात्रामा चिल्लो पदार्थ फ्याट पनि हुन्छ। यसलाई नियमित खानाले रगतमा चिनीको मात्रामा सन्तुलन कायम गरी शक्ति प्राप्त हुन्छ।

एभोकाडो: एभोकाडोमा फाइबरका साथै स्वस्थ राख्न फ्याट पनि बढी मात्रामा पाइन्छ। साधारण कार्बोहाइड्रेडभन्दा पनि सजिलैसँग यी पचेर यसले शरीरलाई चाहिने शक्ति प्रदान गर्छ। त्यसैले एभोकाडो स्वास्थ्यका लागि निकै फाइदाजनक छ।

अण्डा: अण्डामा भएको प्रोटिन र फ्याटले रगतमा भएको चिनीको मात्रालाई सन्तुलित बनाउने काम गर्छ। अन्डालाई जुनसुकै बेला पनि खान सकिने हुनाले यसलाई शक्तिको स्रोतका रूपमा पनि लिन सकिन्छ।

चना: आधा कप चनामा १५ ग्राम प्रोटिन पाइन्छ। त्यसैले चनालाई काँचै वा पकाएर, भुटेर वा साँधेर सलादका रूपमा पनि खान सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...