प्रभु बैंकले सस्तो दरमा व्याज दिनेगरी ल्यायो ७ वटा कर्जा योजना

काठमाडौं । प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलियत रुपमा कर्जा उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेको हो ।

महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलितहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना पनि बैंकले सार्वजनिक गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बुधबार पत्रकार सम्मेलन गर्दै सहुलियतपूर्ण ऋण प्रवाहका ७ प्रकारका कर्जा योजना सार्वजनिक गरेका हुन् । बैंकले व्यवसायिक कृषि तथा पशुपन्क्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ । शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए ।

त्यसका लागि कम्तीमा स्नातक तह उतीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ । बैंकले विदेशबाट फर्किएका युवाहरुका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ । ग्रीन कार्ड होल्डरको हकमा भने यो योजना लागू हुने छैन । 

ती सबै योजना बैंकका सबै शाखाहरुबाट दिने व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए । प्रभु बैंकले सबै स्थानीय तहमा बैंक सेवा पुर्‍याउन ब्रान्चलेस बैंकिङ प्रणाली सुरु गर्ने तयारी पनि गरेको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १५ वटामा मात्रै बैंकिङ सेवा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

बैंकले १० लाखभन्दा बढीको कर्जाका लागि संस्था र १ करोडभन्दा बढिका लागि कम्पनी दर्ता भएको हुनुपर्ने पनि स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...