२० प्रतिशत तलब बढाउन लविङ गर्न व्यस्त छन् कर्मचारीहरु, कति बढ्ला त यो वर्ष तलब ?

काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन तिव्र लबिङमा लागेका छन् । अघिल्लो आर्थिक बर्षको बजेटमा निजामती कर्मचारीहरुको तलब बढेन । सोही कारण कर्मचारीहरु सरकार र अर्थमन्त्री युवराज खतिवडासँग फायर भए ।

तिनै कर्मचारीलाई फकाउन सरकारले आगामी आर्थिक बर्षमा निजामती कर्मचारीको तलब बढाउने जनाइएको छ । अहिले बजेट निर्माणको काम तिव्र गतिमा भइरहेको समयमा कर्मचारीको तलब बढाउन भन्दै आधिकारिक ट्रेड युनियनले तिव्र लबिङ थालेको छ ।

अर्थमन्त्रीसँग भेटेर उनीहरुले बजेट बढाउन आग्रह गरिसको छन् । राष्ट्रियसभाबाट मनोनयन गरेर ल्याइएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी चैत्रसम्म मात्र रहेका कारण उनी लोकप्रिय बजेट बनाउने अभियानमा छन् । उनलाई जनप्रिय बजेट बनाउन पर्ने दबाब छ । त्यही कारण समेत अर्थमन्त्री डा युवराज खतिवडासमेत कर्मचारीको तलब बढाउने र कर्मचारीलाई नचिढाउने पक्षमा देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक पार्न भनेकै कर्मचारी भएका कारण कर्मचारीतन्त्रलाई हातमा लिनुपर्ने भएकाले पनि यसपाली कर्मचारीको तलब बढाउन कन्जुस्याई नगर्ने मनस्थितीमा ओली पुगेको स्रोतले बतायो । आधिकारिक ट्रेड युनियनका नेताहरुका अनुसार उनीहरुले मंहगी बढेका कारण २० प्रतिशतसम्म तलब बढाउन आग्रह गरेका छन् । 

यद्यपि अर्थ मन्त्रालयका आर्थिक सल्लाहका डा. रामशरण खरेलले भने बजेट निर्माणको छलफल प्रारम्भिक चरणमै रहेकाले कर्मचारीको तलबबारे अहिले नै केहि भन्न नसकिने प्रतिक्रया दिए ।

यस्तो छ अहिले निजामति कर्मचारीको तलब 

मुख्यसचिवः रु ५५,२००।

सचिवः रु ५१,४२०।

सहसचिवः रु ४०,१५०।

उपसचिवः रु ३४,२२०।

शाखा अधिकृतः रु ३०,५००।

नासुः रु २३,५००।

खरिदारः रु २२,१७०।

कार्यालय सहयोगी पियनः रु १८,०००।


प्रतिकृया दिनुहोस