धनकुटाका ३५० घरधूरी गरिब तथा विपन्न परिवारलाई जस्तापाता वितरण

धनकुटा । जनता आवास कार्यक्रमका अलावा बसोबास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय निकै अघि गरे पनि भर्खर  कार्यान्वयनमा आउन लागेको छ।

सरकारले चालु आर्थिक वर्षमा २०७५७६ को बजेटमा सुरक्षित आवासको निर्माण आफैँले गर्न चाहेमा गरिब तथा विपन्न घरपरिवारलाई जस्तापाता, सहुलियत दरको काठलगायत सामग्री खरिद गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको लामो समयपछि धनकुटा जिल्लाका सातवटै स्थानीय तहका ३ सय ५० घर परिवार लाई टिनको छानो लगाउनका लागि रकम उपलब्ध गराइने निर्णय भएको हो।

जसअन्तर्गत पहिलो चरणमा धनकुटाका सात वटै स्थानीय तहका ५०५० परिवारलाई खरको छानो विस्थापित गरी टिनको छानो लगाउनका लागि सुरक्षित आवास नागरीक आवास समन्वय समितिले रकम उपलब्ध गराउने भएको हो।

जसमा धनकुटा नगरपालिकाका १० वटै वडा, पाख्रिवास नगरपालिकाका वडा नं. ५, ७ र ८, महालक्ष्मी नगरपालिकाका वडा नं ४, ५ र ६, चौबिसे गाउँपालिकाका वडा नं। २, ३ र ५, छथर जोरपाटी गाउँपालिकाका ६ वटै वडा, साँगुरीगढी गाउँपालिकाका वडा नं ७ र ८, र सहिदभूमी गाउँपालिकाका वडा नं २, ३, ५ र ६ छनौट भएको जिल्ला समन्वय समितीका वरिष्ठ कार्यक्रम अधिकृत सिताराम गौतमले बताएका छन् ।

प्रतिकृया दिनुहोस