मुगुका लामा समुदायले गर्दैनन् परिवार नियोजन

मुगु । मुगु जिल्लाको पुर्वी करान भेगमा बसोबास गर्ने लामा समुदायले परिवार नियोजन गर्दैनन् । मुगुम कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने अधिकांश पुरुषहरुले स्थायी बन्ध्याकरण गर्दैनन् । मुगुमकार्मारोङ गाउँपालीको ९ वडा मध्ये ८ वडामा लामा समुदायको बसोबास रहेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने लामा समुदायमा स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या शुन्य छ । 

मुगुमकार्मरोङ्ग गाँउपालिकामा रहेका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने ८ वडाका पुरुष हरु कुल देउता रिसाउने  भन्दै यस्तो गर्न तयार नभएका स्थानीय बताउँछन । स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनी स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरुले बन्ध्याकरण नगरेको मुगुमकार्मारोङ्ग गाउँपालीका वडा नं ६ का कार्मा छिरिङ लामाले बताए ।

 यता मुगुमकामारोङ्ग गाउँपालीका स्वास्थ्य संयोजक सिङदल बुढाका अनुसार स्थायी बन्ध्याकरणका गर्न लामा समुदायका महिला पुरुष स्थास्थ्य संस्थामा आएको तथ्याङ्क नै छैन । महिलाहरुले भने अस्थायी परिवार नियोजनका साधन डिपो प्रयोग गर्ने र डिपो लगाउन आउने गरेका भएपनी पुरुष हरु परिवार नियोजन गर्न स्यास्थ्य संस्थामा आएको कुनै तथ्याङ्क नभएको मुगुमकामारोङ्ग गाउँपालीका स्वास्थ्य संयोजक सिङदलले बताए । 

प्रतिकृया दिनुहोस