नख्खु बम बिस्फोट: विप्लवका २ कार्यकर्ता पक्राउ, ३ राउन्ड गोली बरामद

ललितपुर ।  ललितपुरको नख्खुस्थित एनसेल गेट अगाडि भएको बम बिस्फोट लगायत अन्य विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरी विप्लव समूहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विप्लव समूहका मध्यामाञ्चल टास्क फोर्स सदस्य वीरबहादुर कडायत ९रणवीर० र जुम्ला सेक्रेटरी चन्द्रबहादुर तिरुवा छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली मंगलबार सुन्धारास्थित एक कोठाबाट पक्राउ गरेको हो।

पक्राउ परेका रणवीर नख्खु बम बिस्फोट र व्यवसायी रोहन गुरुङको घरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको प्रहरीले जनाएको छ। उनले उक्त कुरा स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी उनीसँगै एउटै कोठाबाट जुम्ला सक्रेटरी तिरुवालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। उनको साथबाट चन्दा उठाउन प्रयोग गरिने रसिद, लेटरप्याडहरु र तीन थान कटुवा पेस्तोलमा लाग्ने गोली समेत बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकिएको प्रहरीले जनाएको छ। नख्खु बम बिस्फोटमा परेर एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए।

प्रतिकृया दिनुहोस