विद्यालय भर्ना अभियान सुरु, पहिलो बच्चा भर्ना गर्ने अभिभावकलाई प्रमाण पत्र

Kanchanpur edu news

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔ भन्ने नारासहित नयाँ शैक्षिक सत्र २०७६ का लागि विद्यालय भर्ना अभियान सुरु भएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीनपा–७ हल्दुखालस्थित श्री सिद्धेश्वर आधारभूत विद्यालयमा अभिभावकलाई प्रमाण पत्र र बालबालिकालाई किताब वितरण गरी भर्ना अभिायन सुरुवात गरेका छन् ।

भीमदत्तमा सामुदायिक विद्यालयमा अभिभावक र बालबालिकालाई आकर्षित गर्न पहिलो बच्चा विद्यालय भर्ना गर्ने अभिभावकलाई प्रमाण पत्रसहित स्वागत गर्ने तथा बालबालिकालाई किताबसहित झोला वितरण गर्ने कार्यक्रमका साथ भर्ना अभियान सुरु गरिएको छ ।

नगर प्रमुख विष्टले नयाँ भर्ना गर्ने अभिभावकलाई प्रमाण पत्र र बालबालिकालाई किताब वितरण गरे । सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार, शिक्षक कर्मचारी दरबन्दी लगायतका समस्या रहेको उल्लेख गर्दैै नगरपालिका नीतिगत रुपमा अघि बढेको धारणा राखे ।

‘भौतिक पूर्वाधारको समस्या छ, विचमा विद्यालय विचमा छाड्ने विद्यार्थीको समस्या छ, शिक्षक कर्मचारीका समस्या छन्’ उनले भने, ‘यी सबै समस्या समाधानका लागि नीतिगत रुपमा अघि बढेका छौ, विद्यार्थी भर्ना अभियान निरन्तर रुपमा सञ्चालन गर्छौ ।’ उनले अभिभावकलाई उत्पादनसित जोडन् गरी कार्यक्रमको प्रस्ताव ल्याउन विद्यालयलाई आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरसिह धामीको सभापतित्वमा गरिएको कार्यक्रममा वडा नं। ७ का अध्यक्ष शंकर सिह कुँबर विशिष्ठ अतिथि थिए । उनले भर्ना अभियानलाई सफल बनाउन वडा कार्यालय सबै सहयोग गर्ने बताए ।

भीमदत्त नगरपालिकामा ५५ सामुदायिक विद्यालय छन् । ती सबै विद्यालयमा भर्ना अभियान सञ्चालन गरिएको हो । सिद्धेश्वर आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धामीले शैक्षिक अवस्था सुधारका लागि नगरपालिकाले पूर्वाधार निर्माण र शिक्षक कर्मचारी समस्या समाधान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा समाजसेवी लक्ष्मी भट्ट, विद्यालयका प्रधानाध्यापक गोपालदत्त जोशी लगायतका स्थानीय, अभिभावक सहभागी भएका छन् । भर्ना अभियानका अवसर पारी अभिभावक र बालबालिका बाजागाजा सहित ¥याली निकालेका छन् । ¥याली सहभागीहरु नाचेर विद्यालय पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...