आजदेखि विद्यार्थी भर्ना अभियान सुरु, घरदैलो गरिने

७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान

School onlinepana

काठमाडौं । आजदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो ।

अभियान अन्तर्गत साेमबारदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने केन्द्रका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा यो बर्ष बढेर ९१ हजार बालबालिका विद्यालय बाहिर पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

पाँचदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएका थिए । 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...