नेपाल टेलिकमको ‘नयाँ वर्ष अफर २०७६’ एकपटक प्याक किनेपछि ५ दिनसम्म चल्ने

Ntc

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ । अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । 
    
प्याक २०७५ चैत ३० देखि २०७६ वैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने र एकपटक प्याक किनेपछि ५ दिनसम्म चल्ने बताइएको छ । *१४१५# डायल गरेर प्याक किन्न सकिनेछ  ।

कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ भने कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...