सरकारी अस्पतालका इमर्जेन्सीमा बढ्यो बिरामीको चाप

चिकित्सकहरुको आन्दोलन जारी

Bir hospital 28

काठमाडौं । चिकित्सकहरु आन्दोलनमा उत्रिएर ओपिडी सेवा बन्द भएपछि इमर्जेन्सीमा बिरामीहरुको चाप बढेको छ । वीर अस्पतालको इमर्जेन्सीमा मात्रै २५ प्रतिशत बिरामीहरुको चाप बढेको छ ।

वीर अस्पतालमा इमर्जेन्सीमा २५ प्रतिशत बिरामीको चाप बढेको छ । ओपीडी सेवा बन्द भएपछि इमर्जेन्सीमा बिरामीको चाप बढेको हो । ३५ शैयाको क्षमता रहेको इमर्जेन्सीमा दैनिक रुपमा १५० देखि २ सयसम्म बिरामीले सेवा लिने गरेका थिए । तर ओपिडी सेवा बन्द भएपछि अहिले दैनिक रुपमा तीनसयसम्म बिरामीले सेवा लिने गरेका छन् ।

इमर्जेन्सीमा बिरामीलाई राख्ने बेडको अभाव भएपछि ओपीडिका बिरामी राख्ने ठाउँमा इमर्जेन्सीका बिरामी राखेर सेवा दिन थालेको निर्देशक डा केदारप्रसादसेन्चुरीले बताए ।

बुधबार वीर अस्पतालका सबै डाक्टरहरु आन्दोलनमा रहे पनि अस्पतालले ओपिडी बाहेकका सम्पूर्ण सेवा सुचारु राखेको छ । बिरामीको असुविधालाई मध्यनजर गर्दै अस्पतालले आकस्मिक सेवा सुचारु गरिएको अस्पतालका निर्देशक सेन्चुरीले जानकारी दिए ।

‘आज ओपीडी सेवा पनि सञ्चालन गर्ने भनेर केही समय बिरामीको टिकट काटिए पनि चिकित्सकले आन्दोलन फिर्ता नलिएपछि प्रभावकारी रुपमा सेवा दिन सकिएन्’, उनले भने ‘४ सय जना ओपीडीका बिरामीको टिकट काटेपछि यहाँका चिकित्सकले आन्दोलन फिर्ता नलिएपछि पुनः बिरामीको टिकट बन्द गरियो ।’

उनीहरुलाई बाहिरै आन्दोलनरत डाक्टर र स्वास्थ्यकर्मी केन्द्रिय युनियनका डाक्टरले सेवा दिएका थिए । अस्पतालले डाक्टरहरुलाई आन्दोलन फिर्ता लिएर नियमित काममा लाग्न आग्रह गरे पनि उनीहरुले भने आफ्नो अडान छोडेका छैनन् । सरकारले कर्मचारी समायोजनअन्तर्गत सरकारी अस्पतालका डाक्टरलाई विभिन्न ग्रामीण क्षेत्रमा सरुवा गरेपछि असन्तुष्टि व्यक्त गर्दै सरकारी चिकित्सक संघले चार महिनादेखि विरोध जनाउँदै आएका थिए ।
सरकारले सरकारी चिकित्सकको बढुवा लगायत अन्य सेवासुविधा नखुलाएकाले उनीहरुको असन्तुष्टि रहँदै आएको हो । सरकारले उनीहरुको मागलाई सम्बोधन नगरेपछि शुक्रबारदेखि काम नगरी आन्दोलन सुरु गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...