नुन कति खानुहुन्छ ? याद राख्नुस्, मृत्युको कारण नुन बन्दैछ

‘विश्वमा पाँच जनाको मृत्यु हुँदा एकको मृत्यु खानेकुराका कारण हुन्छ’

Salt

खानेकुराका कारण प्रत्येक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ ।  ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनका अनुसार दैनिक आहारका कारण मृत्यु हुनेको सङ्ख्या धूमपानका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा बढी छ ।

विश्वमा हुने प्रत्येक पाँच मृत्युमध्ये एक व्यक्तिको मृत्यु खानेकुराकै कारण हुने अध्ययनले देखाउँछ । सर्वाधिक मृत्युको कारण चाहिँ नुन भएको देखिएको छ । एउटा नयाँ अनुसन्धानले गुलियो पेयपदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ ।

हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन् - कारण जे भए पनि - उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने देखिएको छ । सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो ।

‘महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ’, प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन् ।

विश्वव्यापी खपत

अनुसन्धानले गुलियो पेयपदार्थ र मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बीच गहिरो सम्बन्ध एवम् क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ ।

संसारभरि गुलियो पेयपदार्थको खपत बढिरहेको छ । सन् २०१८ मा संसारभरि औसतमा एक व्यक्तिले वार्षिक ९१.९ लिटर गुलियो पेयपदार्थ पिउने युरोमोनिटर इन्टर्न्याश्नलले बताएको छ । बिबिसी

प्रतिकृया दिनुहोस