पिरेड 'महिनावारी' समयमा यसकारण दुख्छ पेट, जानीराख्नुस

Pired

काठमाडौं । महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसकिने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो । साथै, वाकवाकी लाग्ने, कम्मर वा ढाड दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन्छन् । यस्ता समस्याका कारण नियमित काम गर्नसमेत गाह्रो हुने गर्छ । 

दुख्ने कारण
-विभिन्न कारणले किशोरीहरूको तल्लो पेट दुख्ने गर्छ । त्यसमध्ये उनीहरूमा देखिने डिस्मेनोरिया मुख्य हो । खासमा यो समस्या विनाकारण हुने गर्छ । प्रायः जनेन्द्रीयमा हुने यो रोग सेकेन्डरी फेजमा पुगेपछि यसले महिनावारी पीडादायक बनाउने गर्छ । पाँचदेखि १० प्रतिशतमा कहिलेकाहीँ जनेन्द्रीयमा कुनै समस्या नभए पनि डिस्मेनोरिया हुन्छ । दुखाइ कम गर्न खाइने पिल्स, एस्पोरिन, बु्रफिन, सिटामोल आदि औषधि यसका कारक मानिन्छ । यस्तो अहिले बढ्दो क्रममा छ ।
-महिनावारी समयमा नहुनु, भए पनि रगत धेरै बग्नु, यौनसम्पर्कका वेला पीडा महसुस हुनु, बाँझोपन तथा अत्यधिक सेतो पानी बग्नु आदि पनि यसका लक्षण हुन् । यस्तो समस्या औषधिले पनि तत्काल ठीक गर्दैन । 
-योबाहेक पाठेघरमा ट्युमर र इन्फेक्सन हुँदा पनि पेट दुख्ने समस्या हुन सक्छ । प्रजनन रोग, अन्डाशय तथा अन्डबाहिनी नलीमा समस्या आउनु, गर्भनिरोधक औषधिको अनियमित प्रयोगले पनि पेट दुख्ने हुन्छ ।
बच्ने उपाय
-पेट दुख्ने विभिन्न कारण भएकाले पहिले त के कारण हो, पत्ता लगाउनुपर्छ । पेट तथा जनेन्द्रियको आन्तरिक परीक्षण, अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपी -परीक्षणबाट कारण पत्ता लगाउन सकिन्छ । पत्ता नलागेसम्म जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । 
-तल्लो पेटको कडा मांसपेशी नरम बनाउन घरमै बसेर हलुका मालिस गर्न सकिन्छ । तातो पानी, कपडा वा अन्य केही तातो वस्तुले हलुकासँग पेट सेक्दा पनि केही हदसम्म राहत मिल्छ । 
-अदुवा पानी तताएर खाँदा दुखाइ कम हुन्छ । सकेसम्म साथीहरूसँग घुम्ने, कुरा सेयर गर्ने अनि आराम गर्ने गर्नाले पनि हलुका महसुस हुन्छ ।

प्रतिकृया दिनुहोस