नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

Share 26

काठमाडौं । साताको पहिलो दिनदेखि नै उच्च वृद्धि देखिएको सेयर बजारमा साताको तेस्रो दिनसम्म आइपुग्दा दोहोरो अंकले ओरालो लागेको छ । लगातार ठूलो वृद्धि देखिएको बजार मंगलबार दोहारो अंकले ओरालो लाग्दा लगानीकर्ताहरु निरुत्साहित बनेका छन् ।

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १० दशमलव ५८ अंकले घटेर १ हजार १ सय ८१ दशमलव १० अंकमा झरेको छ । नेप्से परिसूचक हिजोको तुलनामा कारोबार रकममा समेत ह्रास आएको छ । दिनभर भएका ७ हजार ७० कारोबारबाट २७ लाख ८८ हजार ८८६ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ७३ करोड ५१ लाख ५९ हजार ९९२ रुपैयाँमा रोकिएको छ । हिजो कारोबार रकम ९० करोड रुपैयाँ भन्दा धेरै पुगेको थियो । कारोबार रकमका आधारमा आज नेको इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...