आर्थिक गतिविधिबारे जानकारी लिन अर्थ समितिले सातै प्रदेशका १० ठाउँमा टोली खटाउने

पालिका प्रमुखहरुसँग संवाद तथा अन्तरक्रिया

Artha samiti

काठमाडौं । संसद्को अर्थ समितिले आर्थिक गतिविधिबारे जानकारी लिन सातै प्रदेशका १० ठाउँमा टोली खटाउने भएको छ ।

प्रदेशको आर्थिक अवस्था तथा बजेट कार्यान्वयनका सम्बन्धमा जानकारी लिने यस टोलीले सातै प्रदेशका अस्थायी मुकामसहित भैरहवा, नेपालगन्ज र वीरगन्जको भ्रमण गर्नेछ। टोलीले कर प्रणाली, आगामी आर्थिक वर्षको बजेट तयारीबारे सरोकारवाला निकायसँग छलफल गर्नेछ ।

पछिल्लो एक वर्षमा प्रदेश/स्थानीय तहको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा तथा प्रभावशाली व्यक्तिहरु निर्वाचित स्थानमा बढी बजेट परे पनि खर्च नभएको विषयमा समेत यथार्थ अवस्थाबारे टोलीले बुझ्ने आर्थिक समिति सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् ।  

भ्रमणका क्रममा टोलीले प्रदेश मुख्यमन्त्री, मन्त्रीहरु तथा पालिका प्रमुखहरुसँग संवाद तथा अन्तरक्रियासमेत गर्नेछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...