नेप्से ९ अंकले बढेर ११ सय ९१ विन्दुमा

Stock down

काठमाडौं  । सोमबार पनि पुँजीबजारमा सुधार आयो । यसदिन सेयरबजार परिसूचक नेप्से ९ अंकले बढेर ११ सय ९१ विन्दुमा पुग्यो । आइतबार पनि नेप्से १७ अंकले बढेको थियो ।

यसदिन टेलिकम सूचीकृत अन्य र होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से बढेको हो ।

यसदिन जीवनबिमा समूह सबैभन्दा उच्च १६७ अंकले बढ्यो । यस्तै, निर्जीवन बिमा समूह १५३ अंकले, लघुवित्त समूह ३६ अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि करिब ५ अंकको सुधार आयो ।

यसदिन १७० कम्पनीका २९ लाख ५१ हजार कित्ता सेयर ९० करोड ६९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...