चिकित्सकको आन्दोलनका कारण आज पनि अस्पतालका सेवा ठप्प

दैनिक ३ लाख बढि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित

Aandolan

काठमाडौं । कर्मचारी समायोजनको विरोधमा सरसकारी चिकित्सकले गरेको आन्दोलनका कारण आज पनि सरकारी अस्पतालमा सेवा ठप्प हुने भएको छ ।

सरकारी चिकित्सक संघले आपत्कालिनबाहेक सबै सेवा बन्द पारी आन्दोलनमा उत्रेपछि अस्पतालको ओपिडी, महिनौँअघि तय भएका अप्रेसनहरु समेत प्रभावित भएका छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ ।

तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गर्दै आन्दोलनमा उत्रेका छन् । संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि नै डाक्टरहरु आन्दोलनमा छन् ।

अस्पतालमा सेवा बन्द हुँदा दैनिक ३ लाख बढि नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...