हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशले १ करोड सहयोग गर्ने

Karnali

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश २ का हावाहुरी प्रभावितका लागि राहतस्वरुप १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।  शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले  प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी १ करोड उपलब्ध गराउने निर्णय गरेको हो। 

यसैगरी, हाल ५० शय्याको कर्णाली प्रदेश अस्पतालको विस्तार गरी ३०० शय्या पुर्याउने समेत निर्णय गरेको छ।

अस्पतालको रुपमा स्तरोन्नति गरी ३०० शय्या पुर्याउनले निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए। 

प्रदेशका सामाजिक विकासमन्त्री दल रावल अस्पताल विस्तार गर्न लामो समयदेखि प्रयासरत थिए। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...