बोक्रासहितको खानुस स्याउ, जस्ले यस्ता फाईदा गर्छ

Syau

काठमाडौं । स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । यो स्वास्थ्यका दृष्टिले पनि लाभदायी हुन्छ । स्याउ नियमित खाएमा हाम्रो शरीरमा आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानु अनिवार्य छ । ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ । 

यस्ता छन् यसका फाईदाहरु

-स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले  मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।
-स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पु-याउँछ ।
-स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ । 
-स्याउले शरीरमा रहेको पिएचको मात्रालाई नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ । 
-स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ । 
-नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना हुँदैन । 
-मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ । साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ । 
-ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ । यसरी पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत पुग्छ । 
-हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशत रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ । 

प्रतिकृया दिनुहोस