राष्ट्रिय विकास परिषदको बैठक सुरु, २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्‍याउने लक्ष्य

Rastriya bikas sammelan suru

काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविदलगायतको सहभागिता छ ।

बुधबारदेखि काठमाडौंमा सुरु सो बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ । आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको मस्यौदामा समेटेको छ ।

पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत् २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्‍याउने, प्रतिव्यक्ति आय १६ सय अमेरिकी डलर पुर्‍याउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत पुर्‍याउने उल्लेख छ ।

बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार किमि कालोपत्रे सहितको लोकमार्ग हुने, ७६ प्रतिशत द्रुतमार्ग हुने, ११२ किमि रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली पुर्‍याउने, ६५ प्रतिशतमा इन्टरनेट पुर्‍याउनेलगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा उल्लेख छ ।

सन् २१०० अर्थात् २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डरल पुर्‍याउने, गरिबी ५ प्रतिशमा झार्ने, बेरोजगारी दर ३ प्रतिशमा झार्ने, ४० हजार मेघावाट बिजुली उत्पादन, ३३ हजार किमि राष्ट्रिय लोकमार्ग बनाउने, २ हजार किमि द्रुतमार्ग, २२ सय किमि रेलमार्ग बनाउने, सतप्रतिशत नेपाली इन्टरनेटको पहुँचमा पुर्‍याउने र सन् २१०० मा नेपाल उच्च आय भएको समृद्ध देश बन्ने आयोगको मस्यौदामा उल्लेख छ ।

२ दिनको छलफलपछि आधारपत्रको मस्यौदाको टुंगो लगाइने योजना आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले समृद्ध नेपालको लागि दोहोरो अंकको आर्थिक बृद्धिदरसहित तिव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...