स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्न सुरु

Samanya prasashan mantralaya

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्न सुरु गरेको छ ।
मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य सेवा अन्तर्गत ८, ९ र १० औं तहको सूची सार्वजनिक गरेको हो । सरकारले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई दुई आधारमा समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य चौकी र पालिकाअन्तर्गतका कार्यालयमा तहगत आधारमा र प्राथमिक स्वास्थ्य केन्द्र सहितका माथिल्ला निकायमा पदगत आधारमा समायोजन गरेको छ ।

स्वास्थ्यमा ४, ५, ६ र ७ औं तहका कर्मचारीमा तहगत र पदगतका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ । सरकारले यही विवादलाई समाधान गर्न भन्दै सामायोजनमा दुई थरीका नीति लिएको हो । यही विवादका कारण मन्त्रालयले समायोजन भएका कर्मचारीको सूची सार्वजनिक गर्न ढिलाई गर्दै आएको थियो ।

स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन् । समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...