के तपाईको अन्नो र कोष सुनिन्छ ? यस्ता छन् कारण र लक्षण

Anno 1

आँखामा अन्नो आउनु तथा परेलाको कोष सुन्निनु लाई अंग्रेजीमा क्रमश: स्टाई र कलेजियन भनिन्छ । अन्नो आउँदा छोटो समय मै पिलो झैं दुख्ने र पाक्ने हुन्छ  भने कोष सुन्निँदा तेस्तो दुखाई को अनुभव हुँदैन तर लामो समय सम्म रहिरहन्छ । अन्नो लाई बाह्य होर्डिलम पनि भनिन्छ । यो परेला का रौं को जरा मा स्टाफिलोकोकस औरस नामक ब्याक्टेरियल संक्रमण का कारण ले हुन्छ ।

छाला बाहिर पाइने यो ब्याक्टेरिया जब छालाभित्र प्रवेश गर्छ तब यस्तो समस्या देखिन्छ । यो आँखाको माथिल्लो वा तल्लो दुवै परेला मा हुन सक्छ । अन्नोले आँखा को दृष्टिमा कुनै असर गर्दैन । सामान्यतया यो केही दिनमै आफ से आफ ठीक भएर जान्छ । तातोले सेक्नाले दुखाई मा कमी आउन सक्छ र यसलाई फुट्न सघाउ पुर्याउँछ ।

आँखा का परेला का कोषमा रहेका तेल ग्रन्थि मा भएको अवरोध का कारण कलेजियन हुने सम्भावना हुन्छ । अन्नो भन्दा अलग कोषको भित्री भागमा देखिने कलेजियन कुनै संक्रमणले गर्दा हुने होइन ।

जोखिम का कारणहरु :

अन्नो वास्तव मा कुनै निश्चित कारणले हुने होइन । ब्लेफ्यारिटिस भनिने आँखाका परेलाहरु सुन्निने अवस्थामा अन्नो हुने सम्भावना हुन्छ भने डण्डीफोरमा निस्कने ‘एक्नी रोजासी’ का कारणले कोष फुल्ने सम्भावना हुन्छ ।

लक्षणहरु :

अन्नो का लक्षणहरु यसप्रकार छन्

रातो र दुख्ने किसिमको सानो डल्लो देखिनु

सो डल्लोमा पानी अथवा पीप भरिनु

बढ्ता आँशु निस्कनु

परेला सुन्निनु

यदि जटिल हुँदै गयो भने अन्नो निम्न समस्या उत्पन्न हुन सक्छन्–

आँखा पाक्ने रोग

दुख्ने र ज्वरो आउने

उज्यालो हेर्न नसक्ने

कलेजियन का लक्षणहरु यसप्रकार छन्–

कोषहरु मा राता हुनु र सुन्निनु

नदुखे पनि आँखा का परेलाहरु दह्रा हुनु

के भएमा डाक्टर लाई देखाउने ?

तपाईंको अन्नो र कोष सुन्निएर निम्न अवस्था आएको खण्डमा डाक्टर लाई देखाउनु पर्छ–

छोटै समय मा निकै ठूलो भएमरगत बगेमा वा दृष्टि मा असर परेमा

पूरै आँखा रातो भएमा वा सुन्निएमा

सुन्निएको अवस्था गाला हुँदो सर्दै गएमा

अवस्था तारन्तार दोहोरिएमा

उपचार का विकल्पहरु :

पूर्व विवरण तथा आँखा को जाँचका आधार मा उपचार गर्नुपर्ने हुन्छ । यसको परीक्षण त्यति जटिल खालको हुँदैन ।

सामान्यतया अन्नो र कोष सुन्निएको अवस्था विना उपचार पनि हप्ता–दुई हप्ता भित्रै निको भइसक्छ । तातो पानी मा रुमाल डुबाएर राम्ररी निचर्ने र ५–१० मिनट को अन्तरालमा दिनको ३–४ पटक सेक्ने हो भने अन्नो को दुखाई कम हुन्छ भने कोष सुन्निएर भएको अपठेरोपन सहज हुन सक्छ । यसले सुन्निएका ठाउँ बाट भित्रको पानी वा पीप निस्कन मद्दत पनि गर्छ । तर तपाईंले कोष सुन्निएको खण्डमा आँफैले निचोर्नु हुँदैन ।

यदि यसमा कुनै सुधार भएन र अरु जटिलता थपियो भने थप उपचारको खाँचो पर्दछ :

एन्टिबायोटिक्स : यदि संक्रमण आँखाका अन्य भाग तथा अनुहारमा फैलियो भने

परेलाका रौं उखेल्नु : अन्नोको उपचारमा भित्र रहेको पीप तथा फोहोर फाल्न यसले सघाउँछ ।

शल्यक्रिया : सानो घाउ हुने गरी काटेर अन्नो फोर्न र कोष सुन्निएको अवस्था मा मसिनो गरी काट्न एवं खुर्कन सकिन्छ ।

रोकथाम तथा बचावट :

सफाई र स्वच्छता अन्नो तथा कोष सुन्निनुलाई रोक्ने राम्रो उपाय हो-

स्वच्छ र सफा पानीले आँखा धुनु

आँखा धुनु अगाडी राम्रो सँग हात धुनु

यदि तपाईंले कन्ट्याक्ट लेन्स को प्रयोग गर्नुभएको छ भने तिनलाई सफा गर्नुहोस् र राख्नु अघि राम्ररी हात धुनुहोस् ।

सुत्नु अगाडी आँखा को श्रृंगार हटाउनु होस् ।

आँखा का सौन्दर्य प्रशाधन का सामग्री अरुसँग साझेदारी नगर्नुहोस्

आफ्नो संक्रमण लाई अरु फैलिन नदिन–

आँफूलाई अन्नो भएको छ भने आफ्नो रुमाल, तौलिया तथा कपडा अरुलाई प्रयोग गर्न नदिनुहोस् ।

आँखा को परेला छोए पछि हात राम्ररी साबुन पानी ले धुनुहोस् ।

प्रतिकृया दिनुहोस