स्वास्थ्यका कर्मचारी समायोजनको सुची सार्वजनिक गर्न किन ढिलाई हुँदैछ ? यस्तो छ कारण

Samanya prasashan mantralaya

काठमाडौं । कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि स्वास्थ्यका कर्मचारीको सूची सार्वजनिक गर्न सकेको छैन ।

समायोजनका क्रममा केही प्राविधिक समस्या र विवाद आउन सक्ने देखेपछि मन्त्रालयले स्वास्थ्यको सूची मिलाउने काम अझै पनि गरिरहेको छ । बिहिबार नै समायोजन सकिएको घोषणा गरेको मन्त्रालयले सोही दिन नै सबैको सूची सार्वजनिक गर्ने बताएको थियो ।

मन्त्रालयले पहिला स्वास्थ्यको ८ र ९ औं तहका कर्मचारीको सूची सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । ‘पहिला ८ र ९ औं तहको सूची निकाल्ने काम अगाडि बढेको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘आज सोमबार नै यी दुई तहको सूची बाहिर ल्याउने गरी तयारी भएको छ ।’
उनले अन्य तह तथा समूहको भने क्रमश सार्वजनिक गर्दै जाने जानकारी दिए । तर सोमबार पनि आउने सम्भावना छैन । किनकी बारामा हावाहुरीका कारण मानविय क्षती भएको र घाइतेको उपचारका लागि सबैको ध्यान त्यतै जाने भएकाले यो हप्ता मात्र समायोजन सुची प्रकाशित हुने छ ।

सरकारी चिकित्सा संघ (गोदान), नेपाल नर्सिङ संघ लगायतका संगठनले अधिकृत तहभन्दा माथिका कर्मचारीलाई संघमा राख्न दवाव दिँदै आएका छन् । मन्त्रालयले यो सूची सार्वजनिक गरे लगत्तै विभिन्न संघसंगठनले आपत्ती जनाउन सक्ने सम्भावना पनि उत्तिकै छ । मन्त्रालय स्रोतका अनुसार यी संगठनको माग विपरित समायोजनको सूची आउने पक्का भएको छ ।

यसअघि मन्त्रालयले स्वास्थ्यका ४, ५, ६ र ७ औं तहका कर्मचारीको सूची सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, यी तहका कर्मचारीको सामायोजनमा तहगत र पदगत आधारमा गर्नुपर्ने अवस्था आएको भन्दै ढिला हुन गएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...