धेरै बच्चा जन्माएका बावुआमालाई मुटुको रोगको खतरा

Avivabak

काठमाडौं । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा मुटु रोगको खतरा बढी हुने एक अध्ययनले देखाएको छ । 'अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,'  अध्ययनकर्ताहरूले भनेका छन्, 'परिवारको आकार वा बच्चाको सङ्ख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको हो ।' 

यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमामा विभिन्न प्रकारको मुटुसम्वन्धी रोग पाइएको जानकारी दिए । 
तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्र यस्तो समस्याहरू देखिएको उनले बताए । 

त्यसैगरी बालबालिका नै नभएकामध्ये २१ प्रतिशतमा मुटुसम्वन्धी समस्याहरु पाइएको अध्ययनले देखाएको छ । 

यो अध्ययन 'जर्नल अफ एजिङ एण्ड हेल्थ' मा प्रकाशित छ । अध्ययनमा झण्डै २५ हजार मानिस समेटिएका थिए । उनीहरु ५० बर्ष वा त्यो भन्दा धेरै उमेरका थिए । 

'अध्ययनमा सहभागीमध्ये झण्डै एक चौथाई व्यक्तिमा दुई बर्षदेखि मुटुसम्वन्धी रोग रहेको चिकित्सकहरूले जनाएका छन् । अध्ययनले महिला पुरुष दुवैलाई जति धेरै बच्चा भयो त्यति धेरै मुटु रोगको समस्या हुने गरेको देखाएको छ,' अध्ययनकर्ता हिप्पले भने । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...