लगानी सम्मेलनका उपलब्धी : जुट्यो अरुण तेस्रोमा थप लगानी

Lagani sammelan samapan

काठमाडौं । लगानी सम्मेलनका क्रममा अरुण तेस्रोसहित नेपालका पाँच क्षेत्रका परियोजनामा लगानी प्रतिबद्धता आएको छ । १६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ । सहमति अनुसार सर्राफ ग्रुप होटलले चौधरी ग्रुपसँग साझेदारी गर्ने भएको छ ।

चौधरी ग्रुप र ट्रकसेल कम्पनीबीच मोबाइल सेवामा लगानी गर्ने सहमति भएको छ । टेलिकम, होटल, वित्त, ऊर्जा र उद्योग क्षेत्रमा लगानी लगानी गर्ने विषयमा सहमति भएको छ ।

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ भने ६०० मेगावट सौर्य ऊर्जाको लागि सम्झौता गरिएको छ । ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि अपुग लगानी जुटाउन प्रवर्द्धक कम्पनी र तीन बैंकले सहमति गरेका छन् । अरुण तेस्रो जलविद्युत आयोजनाका लागि स्टेट बैंक अफ इन्डिया, नेपालको एभरेस्ट बैंक र नवील बैंकबीच सझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

एक कोरियन कम्पनीले ६ सय १५ मिलियन अमेरिकी डलरमा २ सय ६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । सतलज ग्रुप तथा नबिल बैंक, एभरेष्ट बैंक र भारतको स्टेट बैंकबीच ९ सय मेगावाटको अरुण तेस्रो बनाउने सम्झौता भएको छ ।

नेपालको हाइड्रो सलुसन र चीनको युनान्स हाइड्रोबीच १ सय ६४ मेगावाटको कालिगण्डकी गर्ज बनाउने प्रारम्भिक सम्झौता भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजबीच सिमरा सेज पीपीपी मोडलमा बनाउने समझदारी जुटेको छ ।

कोरियाको कम्पनीले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर २६० मेगावाटको जलविद्युत आयोजना बनाउन ६५० मिलियन डलर लगानी गर्ने विषयमा सहमति भएको छ ।

नेपालको हाइड्रो सलुसन र चीनको युनान्स हाइड्रोबीच १ सय ६४ मेगावाटको कालिगण्डकी गर्ज बनाउने प्रारम्भिक सम्झौता भएको छ । यस्तै अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजबीच सिमरा सेज पीपीपी मोडलमा बनाउने समझदारी जुटेको छ ।

सिन्सियर कन्सल्टेन्सी र हिमालयन बुटिक रिसोर्ट बनेपाबीच साझेदारी हुने भएको छ । गैरआवासीय नेपाली एनारएनए ले जुनसुकै परियोजनामा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ बराबरको कोष बनाउने भएको छ ।

नेपालको एक कम्पनी र भारतको नेश्नल कोल्याट्रलबीच ग्रीन वेयरहाउस बनाउन सम्झौता भएको छ । पूर्वाधार विकासमा साझेदारी गर्न नेपाल निर्माण व्यवसायी र म्यानमारको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कोअपरेशनबीच सम्झौता भएको छ ।

युनाइटेड फाइनान्स र भारतको मुटहूट ग्रुपबीच ४० करोड रुपैयाँ बराबरको लगानी सम्झौता भएको छ । लगानी बोर्ड नेपाल र लगानी बोर्ड अफ्रिकाबीच लगानी जुटाउन समझदारी जुटेको छ । अपी पावर नेपाल र युकेको कोर्डिनग्रुपबीच पनि १८ मेगावाटको सोलार, ढेड मेगावाटको हाइड्रोपावर र १० मेगावाटको हावाको बिजुलीका लागि सम्झौता भएको छ ।

लगानी सम्मेलनमा डोल्मा हिमालयज इनर्जी ग्रीन फन्डमा ५० मिलियन अमेरिकी डलर जम्मा गर्ने सम्झौता पनि भएको छ । यो सम्झौतामा हस्ताक्षर भने हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस