आइएफसी नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्न इच्छुक

Nepal investment summit

काठमाडौं । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा विदेशी दाताहरुले नेपाललाई सहयोग गर्न तत्परता देखाएका छन् । यसैक्रममा विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्न इच्छा देखाएको छ ।

शनिबार लगानी सम्मेलनको अवसरमा कर्पोरेशनका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले आगामी चार वर्षका लागि योजना बनाएको बताए । उनले विश्वका ठूला परियोजनाको उदाहरण दिँदै लगानी रोजगारमुखी हुनुपर्नेमा जोड दिए । आइएफसीले निजी क्षेत्रको विकाससँग सम्बन्धित काम गर्छ ।

‘आइएफसीले आगामी चार वर्षको लक्ष्य लिएर एक अर्ब लगानी गर्ने योजना बनाएको छ’, उनले भने, ‘हामी लगानीको लागि उपयुक्त बजार निर्माणका लागि आह्वान गर्न चाहन्छौं ।’

पिटरले निजी क्षेत्रमा प्रतिस्पर्धात्मक खुबी आवश्यक रहेको उल्लेख गरे । साथै निजी क्षेत्र वैदेशिक पुँजी र विज्ञता भित्र्याउन तत्पर र प्रतिबद्ध रहनुपर्ने बताए। उनले भने, ‘निजी क्षेत्रले आफ्नो बजार खुम्च्याउनु हुँदैन । यसले विदेशीलाई स्वागत गर्नुपर्छ ।’

चार वर्षमा गरिने यो लगानीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आईएफसीको आँकलन छ । आईएफसी नेपालको पुरानो विकास साझेदार हो । उसले नेपालमा लगानी गर्न थालेको ५० वर्ष भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...