स्वास्थ्यका २७ हजारको समायोजन सुची आइतबार सार्वजनिक हुँदै

Samanya prasashan mantralaya

काठमाडौं । सरकारले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई दुई आधारमा समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य चौकी र पालिकाअन्तर्गतका कार्यालयमा तहगत आधारमा र प्राथमिक स्वास्थ्य केन्द्र सहितका माथिल्ला निकायमा पदगत आधारमा समायोजन गरेको छ ।

स्वास्थ्यमा ४, ५, ६ र ७ औं तहका कर्मचारीमा तहगत र पदगतका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ । सरकारले यही विवादलाई समाधान गर्न भन्दै सामायोजनमा दुई थरीका नीति लिएको हो । यही विवाद मिलाउनका लागि मन्त्रालयले समायोजन भएका कर्मचारीको सूची सार्वजनिक गर्न ढिलाई गरेको थियो ।

अब स्वास्थ्यका विवादका विषयलाई समाधान भइसकेको छ । सम्भवतः आइतबार समायोजनको सूची आउने छ । उनले सुरुमा सहायक स्तरका कर्मचारीको सूची आउने र त्यसपछि क्रमश अरुको सूची आउने छ ।

सुरुमा स्वास्थ्यका ४, ५, ६ र ७ औं तहका कर्मचारीलाई तहगत आधारमा समायोजन गर्ने प्रक्रिया अगाडि बढेको थियो । तर, यो आधारमा मात्र समायोजन गर्दा ठुलो समस्या आउने भन्दै स्वास्थ्यकै आग्रहमा सामान्यले दुई थरी नीति लिएको हो ।

स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन्। समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेका छन् ।

सुरुमा समान्य प्रशासनकै पहलमा स्वास्थ्यका कर्मचारीलाई पदका आधारमा कर्मचारी समायोजन गर्ने तयारी भएको थियो । उक्त विषय मन्त्रीपरिषदले पास समेत गरेको थियो । तर, स्वास्थ्यका केही समूहका कर्मचारीहरुले यो विषयमा विरोध गर्दै आन्दोलन गरेपछि स्वास्थ्यले त्यसलाई संशोधन गर्दै तहगत आधारमा समायोजन गर्ने निर्णय गराएको थियो ।

स्वास्थ्यमा पदगत र तहगत आधारमा समायोजन गर्ने विषयमा एचए र सिअहेबबीच लामो समयदेखि विवाद हुँदै आइरहेको छ । शैक्षिक योग्यताका आधारमा पदगत रुपमा समायोजन हुनुपर्नेमा एचएहरुको माग छ भने तहगत आधारमा समायोजन गर्नुपर्ने विषय सिअहेवको माग छ ।

यी विवादका कारण स्वास्थ्यका कर्मचारी समायोजनमा समेत समस्या सिर्जना भएको हो । सामान्य प्रशासनले बिहिबार स्वास्थ्यका २७ हजार ३ सय २ जनाको समायोजन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...