पुदिना खानुका फाईदा यस्ता जानीराख्नुस

Pudina

काठमाडौँ । नेपाली भान्सामा पुदिनालाई प्रायः अचारको रूपमा प्रयोग गरिन्छ । पुदिना अन्य विभिन्न कारणले पनि उपयोगी छ । यो टुथपेस्ट, चुइंगम, माउथ स्प्रे आदिमा समेत प्रयोग हुन्छ । पुदिनामा क्यालोरी, फाइबर, भिटामिन ए, आइरन, म्याग्निज, फालेटजस्ता हाम्रो शरीरलाई आवश्यक पोषणतत्व पाइन्छ । त्यसैले, यो धेरै प्रकारका औषधि बनाउनसमेत प्रयोग गरिन्छ ।

औषधीय गुण
- पुदिना सेवनले पाचन प्रणालीलाई व्यवस्थित बनाउन मद्दत गर्छ । पेटमा कुनै प्रकारको समस्या देखिएमा पनि पुदिनाको चिया बनाएर पिउन सकिन्छ ।

- दिनाले मुखको र्‍याल ग्रन्थीलाई सक्रिय बनाउँछ । र्‍याल ग्रन्थीले पाचन इन्जाइम निकाल्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । 

- कलेजोले राम्रोसँग काम गर्न छाडेको छ भने पनि पुदिना खान सकिन्छ । यसले कलेजोसम्बन्धी कैयाँै समस्याबाट मुक्त बनाउँछ ।

- एक अनुसन्धानअनुसार पुदिनाको प्रयोगले मस्तिष्कलाई पनि फाइदा पुर्‍याउँछ । मुदिनाले मस्तिष्कको कामलाई सक्रिय बनाउनुका साथै धारण शक्तिलाई पनि बलियो बनाउँछ । यसले सम्झिन सक्ने क्षमतालाई पनि बढोत्तरी गर्छ । 

- पुदिनाले तौल घटाउनमा पनि भूमिका खेल्छ । पुदिनाले फरक–फरक प्रकारका पाचन इन्जाइम उत्पादन गर्न प्रेरित गर्छ । र, हामीले खाएका खानाबाट त्यस्ता इन्जााइमको उत्पादन हुन्छ । यस्तो अवस्थामा शरीरले बोसो एकत्रित गरी ऊर्जामा परिवर्तन गर्छ ।

- पुदिनाले दाँत र मुखलाई पनि स्वस्थ राख्ने काम गर्छ । यसले साससमेत ताजा बनाउँछ । यसका साथै पुदिनाले शरीरमा रोगप्रतिरोधी क्षमतासमेत बलियो बनाउनमा भूमिका खेल्छ । पुदिनाले मुखमा उत्पादन हुने खराब ब्याक्टेरियाको विकासलाई रोक्ने काम गर्छ । जसले गर्दा दाँत र जिब्रोलाई स्वस्थ राख्नुका साथै सफा पनि गर्छ ।

- पुदिनाले क्यान्सरजस्तो समस्याबाट बचाउनका लागि सहयोगी काम गर्छ । किनकि, यसमा क्यान्सरसँग लड्ने इन्जाइम हुन्छ ।

- पुदिनाले रगतलाई सफा गर्ने काम गर्छ । यसका साथै शरीरको शान्त मांशपेशीमा ‘एन्टिस्पास्मोडिक इफेक्ट’ पार्छ । जसका कारण महिलाको महिनावारीमा हुने दुखाइसमेत कम गर्छ ।

- पुदिनाको चिया बनाएर पिउँदा तनावबाट पनि टाढा रहन सकिन्छ । यसले मांशपेशी र जोर्नीको दुखाइमा राहत प्रदान गर्छ ।

प्रतिकृया दिनुहोस