प्रदेश २ मा एसइई स्थगित गरिएको विरोधमा विद्यार्थीले गरे आन्दोलन

Birgunj

सप्तरी । प्रदेश नम्बर २ मा प्रश्नपत्र आउट भएपछि एसइई स्थगित गरिएको विरोधमा सप्तरीमा बिहानैदेखि विद्यार्थीले आन्दोलन गरेका छन् । सप्तरी खडक नगरपालिका–३ स्थित विद्यार्थीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

त्यसैगरी सदरमुकाम राजविराजमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । अवरुद्ध राजमार्ग खुलाउन प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए ।

यो विद्यार्थीको आक्रोस रहेकाले शान्तिपूर्ण आन्दोलन रहेको डिएसपी रिमालले बताए । अवरुद्ध राजमार्ग खुलाउने प्रयासमा रहेकोपनि उनले बताए ।

शनिबार हुने एसइई अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि शुक्रबार आउट भएपछि प्रदेश २ का सबै केन्द्रहरूमा परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको थियो ।

 

प्रतिकृया दिनुहोस