आजको मौसम : दिउँसो मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

Mausam change

काठमाडौं । पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको छ ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भई मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना छ ।

अहिले बदली गराएको प्रणाली पूर्वमा अझै रहने देखिएकाले मध्य र पूर्वको मौसम एक दुई दिन पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद्हरुको भनाई छ ।

प्रतिकृया दिनुहोस