जान्नैपर्ने कुरा : बिहान खाली पेटमा लसुन खाँदा यस्ता छन् फाइदा र बेफाइदा

Lasun khanuka

काठमाडौं । लसुन हाम्रो भान्सामा प्रायः दैनिक प्रयोग हुने एक मसला हो । लसुनले मासु, तरकारीलगायत परिकारलाई स्वादिलो बनाउँछ । यद्यपि, लसुन खालि स्वादका लागि मात्र होइन । यसमा विभिन्न औषधीय गुणसमेत हुन्छन् ।

लसुन सबै उमेर र लिंगका मानिसका लागि उपयोगी हुन्छ । लसुन सेवन पुरुषका लागि अझ लाभदायी हुन्छ भन्ने एक अध्ययनले देखाएको छ ।  
 
-पुरुषले दैनिक रूपमा बिहानै खाली पेटमा लसुन सेवन गरेको खण्डमा धेरै लाभ लिन सक्छन् । विभिन्न रोगको उपचारमा यसले सहयोग गर्छ । लसुनमा एलिसिनजस्ता थुप्रै पोषणयुक्त तत्व  हुन्छन्, जसले थुप्रै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ ।

-लसुनमा सेलेनियम हुन्छ । जब यो शरीरमा जान्छ, तब यसले पुरुषको प्रजनन शक्ति बढाउने काम गर्छ । यसमा भएको एन्टिब्याक्टेरियल शक्तिले थुप्रै कीटाणुसँग लड्न मद्दत गर्छ ।

-सास र मुखबाट आउने गन्ध हटाउन पनि यसले मद्दत गर्छ । लसुनमा रहेको प्रोटिनले शरीर स्वस्थ बनाउँछ । यसमा कार्बोहाइड्रेट हुन्छ । जसले शारीरिक कमजोरीलाई हटाउँछ र शरीरलाई शक्ति मिल्छ ।

-लसुनमा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । जसले हड्डी बलियो बनाउँछ । यसमा रहेको एलिसिनले फ्याट घटाउन मद्दत गर्छ । जसका कारण तौल नियन्त्रणमा राख्न सकिन्छ । यसमा रहेको फाइबर्सले कब्जियत र पेटको समस्याबाट टाढा राख्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...