नेपाल बार एशोसिएसनको निर्वाचन : दुई प्यानलको भीडन्त

Bar vawan

काठमाडौं । नेपाल बार एशोसिएसनको निर्वाचन शनिबार हुँदैछ । आफैं भित्रको घात प्रतिघातका कारण बारको नेतृत्वबाट बन्चित भएको प्रगतिशील समूह यो पटक विशेष तयारीका साथ चुनावी मैदानमा उत्रिएको छ ।

२ कार्यकाल रहने बारको नेतृत्व गरेको नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएसनले बृहत् लोकतान्त्रिक समूहका नाममा सुनिल पोखरेललाई अध्यक्षमा अगाडि सारेको छ ।

प्रगतिशील पेशागत तथा समावेशी समूहले बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा समावेशी र सन्तुलित टीमलाई अगाडि सारेको छ । मधेशवादी दलहरु राजपा र संघीय समाजवादी फोरमलाई पनि प्रगतिशील समूहले समेटेको छ ।

कानुन ब्यवसायी माझमा मूर्धन्य र आदर्शका रुपमा लिइने शम्भुप्रसाद ज्ञवालीको ल फर्मबाट कानुन ब्यवसायमा प्रवेश गरेका चण्डेश्वर श्रेष्ठ आम कानुन ब्यवसायी बीचमा लोकप्रिय मानिन्छन् । उनी २०६३ को अन्तरिम संविधानका मस्यौदाकार पनि हुन् ।

महासचिवमा प्रगतिशील प्यानलले उम्मेदवार बनाएका सुरेन्द्र थापा सर्वोच्च बारको सदस्य र सचिव भइसकेका छन् । उनी कानुन ब्यवसायी बीचमा लोकप्रिय मानिन्छन् । बारको नेतृत्वका लागि प्रगतिशील समूहले समावेशी र सन्तुलित टीमलाई मैदानमा उतारेको छ ।

२ नम्बर प्रदेशका उपाध्यक्षमा खडा गरिएका सुधिरकुमार कर्ण डीएलएमै आवद्ध भए पनि उनलाई मधेशी दलनिकट भनेर कांग्रेस निकट समूहले प्रचार गरेको छ ।

२०६२/०६३ को आन्दोलनमा बारको सचिवका रुपमा शम्भु थापासँगै आन्दोलनमा भिडेका माधव बाँस्कोटा र यदु खनाल जस्ता बरिष्ट कानुन ब्यवसायीलाई पाखा लगाउँदै एक कार्यकाल अघिका महासचिव पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएकोमा डीएलएमा चरम असन्तुष्टी छ ।

यस्तो छ प्रगतिशील समूहको प्यान

चण्डेश्वर श्रेष्ठ : अध्यक्ष
रक्षा बस्याल : उपाध्यक्ष महिला
मानबहादुर रुम्दाली राई : उपाध्यक्ष १ नम्बर प्रदेश
रामचन्द्र सिंह : उपाध्यक्ष २ नम्बर प्रदेश
इश्वरीप्रसाद भट्टराई : उपाध्यक्ष ३ नम्बर प्रदेश
सुरेन्द्र थापा मगर : उपाध्यक्ष ४ नम्बर प्रदेश
लीलाधर मरासिनी : उपाध्यक्ष ५ नम्बर प्रदेश
मीनबहादुर महत : उपाध्यक्ष ६ नम्बर प्रदेश
उमेशप्रसाद बिष्ट : उपाध्यक्ष ७ नम्बर प्रदेश
सुरेन्द्रबहादुर थापा : महासचिव
रुद्रप्रसाद पोखरेल : कोषाध्यक्ष
मोहन साह शंकर : दलित सदस्य
पंचनारायण मण्डल : मधेशी सदस्य, उपत्यका बाहिर
वीरेन्द्रकुमार ठाकुर : सदस्य मधेशी
विनाकुमारी सिंह चौधरी : आदिबासी जनजाति सदस्य उपत्यका बाहिर
बद्रीकुमार नगरकोटी : आदिबासी जनजाति सदस्य
कल्पनाकुमारी भण्डारी : महिला सदस्य उपत्यका बाहिर
अन्जु कायस्थ : महिला सदस्य खुल्ला
डा. विशराज पण्डित : उपत्यका बाहिर सदस्य
गंगासागर खत्री खुल्ला सदस्य
भीमसेन बन्जारा : खुल्ला सदस्य
भुवनप्रसाद निरौला : खुल्ला सदस्य
प्रकाश महर्जन : खुल्ला सदस्य
बालकृष्ण गैरे : खुल्ला सदस्य
खिमानन्द अधिकारी : खुल्ला सदस्य

यस्तो छ लोकतान्त्रिक समूहको प्यानल
अध्यक्ष : नीलकुमार पोख्रेल
महिला उपाध्यक्ष : कविता थापा कार्की
उपाध्यक्षहरु
प्रदेश नं. १, डिल्लीबहादुर कार्की
प्रदेश नं. २, सुधिरकुमार कर्ण
प्रदेश नं. ३, रामेश्वर अधिकारी
प्रदेश नं. ४, निरञ्जनलाल भण्डारी
प्रदेश नं. ५, सुनीलकुमार श्रेष्ठ
प्रदेश नं. ६, उत्तम आचार्य
प्रदेश नं. ७, ठेकेन्द्रराज जोशी
महासचिव : लिलामणी पौडेल
कोषाध्यक्ष : तेजबहादुर रावल

 

प्रतिकृया दिनुहोस