एसईई सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो, परीक्षा रद्ध

9980173955 vjxwjcnwuk

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो । एक्जाम्टेडतर्फको सामाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा भने यथावत रहने बोर्डले जनाएको छ ।

विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको थियो।

प्रतिकृया दिनुहोस