युनियन हाइड्रोको साधारण सर्वसाधारणका लागि शेयर बिक्री शुरु

Midim karapu power house

काठमाडौं । निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपावरले प्राथमिक शेयर बिक्री शुरु गरेको छ ।

कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशत अर्थात् ७० हजार ६ सय ६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ता सर्वसाधारणका लागि बिक्री शुरु गरेको हो ।

कम्पनीले पहिलो चरणमा यही चैत १७ गतेसम्म शेयर बिक्री गर्नेछ । सो अवधिमा शेयर बिक्री नभएमा कम्पनीले ढिलोमा आगामी वैशाख १२ गतेसम्म बिक्री गर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको लगानी फिर्ता हुने अवधि झण्डै ११ वर्ष रहेको छ । कूल तीन मेगावाट क्षमताको सो आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...